Yeti Khabar

२०८१ मंसिर ७, शुक्रबार - Fri Nov, 2024 -

सशस्त्र प्रहरीको मनोबल उच्च हुने गरी सरकारले काम गर्छ : प्रधानमन्त्री 

प्रधानमन्त्री केपी ओलीले सशस्त्र प्रहरी बल नेपालको मौजुदा कानुनलाई समायनाकूल परिमार्जन गर्दै लैजाने जानकारी दिँदै संगठनमा कार्यरत सम्पूर्ण राष्ट्रसेवकको मनोबल उच्च हुने गरी कार्य गर्न सरकार सकारात्मक रहेको बताएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित सि.सं. १६ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम समापन कार्यक्रममा मंगलबार उनले बिओपीहरू स्थापना गरेर सीमालाई नियमित गर्न, गैरकानुनी कार्य हुन नदिन सशस्त्र प्रहरी बलले पु¥याएको योगदानको प्रशंसासमेत गरेका छन् । 

जिम्मेवारीका क्षेत्रमा परिचालित हुँदा कुनै प्रकारको डरत्रास, लोभ तथा प्रलोभन र गैरव्यावसायिक क्रियाकलापमा नपरी तालिममा सिकेको सैद्धान्तिक एवं व्यावहारिक ज्ञानलाई व्यवहारमा कुशलतापूर्वक उतार्न उनले निर्देशन दिए । 

गृहमन्त्री रमेश लेखकले राज्यले सुम्पेका जिम्मेवारीलाई सशस्त्र प्रहरी बलले कर्तव्यबोधका साथ आमनागरिकको सेवा सुरक्षामा कटिबद्ध भई लागेको बताउँदै देश र जनताका लागि गरेको त्याग, बलिदान, कर्तव्यपरायणता र लगनशीलता नेपाली जनताले देखेको मात्र नभई प्रत्यक्ष महसुस गरेको बताए । सशस्त्र प्रहरीलाई सीमाको डेडिकेटेड फोर्स बनाउन अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बिओपीहरूको स्थापना, मौजुदा बिओपीहरूको स्तरवृद्धि गरी संगठनलाई प्रविधिमैत्री एवं चलायमान बनाउनेतर्फ मन्त्रालय प्रयासरत रहेको उनले बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दीक्षित भई जान लागेका अधिकृतमाथि राज्य, संगठन र आमनागरिकले आशा, अपेक्षा, आड र भरोसा गर्ने भएकाले कार्यक्षेत्रमा परिचालित हुँदा कुनै प्रकारको लोभ, मोह, प्रलोभन, बहकाउ वा प्रभावमा नपरी जनसेवामा लाग्ने विश्वास व्यक्त गरे । करिब ५६ हप्ता अवधिको आधारभूत तालिम तीन महिलासहित ४५ जना सशस्त्र प्रहरी निरीक्षकले सफलतापूर्वक सम्पन्न गरेका छन् । तालिममा शारीरिक सहिष्णुतातर्फ प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक वासुदेव मिश्र र चाँदमारीतर्फ प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक सुजन पोख्रेल उत्कृष्ट भएका छन् ।   नागरिक दैनिक बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com