ओलीलाई देउवाको ढाडस : तपाइ अगाडी बढ्नुस् म छु
१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अन्य पार्टीले गरेको आलोचनाबाट डराउन नहुने बताएका छन् । नेपाली कांग्रेसले आज भक्तपुरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रजातन्त्रमा आलोचनालाई स्वभाविक रुपमा लिन सुझाव दिएका हुन् ।
प्रजातन्त्रमा आलोचना हुने स्वभाविक कुरा हो । अरु पार्टीहरुले उहाँलाई आलोचना गरेका छन् त्यसलाई खराब मान्ने कुरा छैन सभापति देउवाले भने आलोचनाहरु पनि गम्भीरताका साथ तथ्यपरक भएर अहिलेको सरकारले ध्यान दिनेछ । यो कुरामा ओलीजीलाई इन्करेज गर्नेछु, उत्साहित गराउनेछु ।
सभापति देउवाले अहिले संयुक्त सरकार बनेको र यो सरकारप्रति देशभरका पार्टी कार्यकर्ताहरु सन्तुष्ट रहेको आफूले पाएको पनि बताए । मैले बुझेअनुसार देशभरकै पार्टीका साथीहरु अहिले खुसी छन् उनले भने उहाँहरुको चाहना पनि यो सरकारलाई पूरा समयसम्मका लागि सफल पार्नका लागि सबै साथीभाइले मलाई पनि भनिराख्याछन् ।
गठबन्धनमा कुनै समस्या आए कांग्रेस त्यसको समाधानका लागि तयार रहेको समेत बताए ।
उनले अगाडि भने समस्याविहीन समाज छैन, समस्याविहीन ठाउँ छैन भने ठूला पार्टीमा आउने झन् समस्या हुन्छन् । त्यसकारण समस्या समाधान गर्न हामीहरु लाग्नुपर्छ । हाम्रो पार्टीबाट त्यसका लागि कुनै पनि अवरोध हुने छैन ।