ताजाकोट गाउँपालिकामा पहिलोपटक यात्रुवाहक बस
कार्तिक २१ गते हुम्ला पदम बहादुर बुढा । हुम्ला जिल्लाको ताजाकोट गाउँपालिकामा यात्रुहरू को लागी पहिलोपटक बस पुगेको हो । २१ गते बिहान १० बजे राधाकृष्ण यातायात प्राइभेट लिमिटेडको ना ५ ख ७३५६ नम्बरको यात्रुवाहक बस ताजाकोट गाउँपालिका वडा न २ स्थित बुढाबाडा गाउँ सम्म आएको हो ।
कार्तिक प्रहिलो साता कर्णाली करीडोर अन्तर्गत हुम्ला जिल्लाको सर्केगाड सम्मका लागि करीडोर खुल्ला गरिएको थियोे । उक्त करीडोरमा चल्ने बस आज ताजाकोट गाउँपालीकामा प्रवेश गरेको हो । नेपालगन्जदेखी २ दिन लागाएर पुगेको बस यात्रुहरूको माग अनुसार र यात्रुहरुलाइ यात्रामा सुबिधा दिन आएको चाअलक झलक्मान खत्रीले बताउनुभएको हो ।
४२ जना सिट क्षमता भएको उक्त बसले ताजाकोटबाट २७ जना यात्रु सुर्खेत, नेपालगन्जका लागी टिकट काटेको पनि उहाँले बताउनु भयो । रोडको अबस्था खराब भएपनि सानो गाडीमा सहज यात्रा हुने हुँदा र सामानहरु धेरै लग्न सकिने भन्दै उहाले खुसी व्यक्त गर्नु भएको हो । उहाका अनुसार ताजाकोटमा यात्रुहरूको संख्या धेरै भयको समयमा सधै बस संचालन हुने बताउनुभयको हो ।
ताजाकोट देखी नेपालगन्ज सम्मको सहज र ३ हजार भाडा दर हुँदा यात्रुहरुले खुशी भयको बताउनु भएको हो । बस गाउँमा पुग्दा स्थानियहरुले चालक र सहचालकलाई फुलमालाले स्वागत गरेका थिए।