Yeti Khabar

२०८१ कार्तिक २९, बिहीबार - Thu Nov, 2024 -

अमेरिकी राष्ट्रपति ट्रम्पको सजायको फैसला अदालतद्वारा स्थगित

अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको फौजदारी सजायको फैसला न्यूयोर्कको एक अदालतले फेरि स्थगित गरेको छ ।

न्यायाधीशले कम्तीमा १९ नोभेम्बरसम्मका लागि सबै निर्णय स्थगित गरेका हुन् । ट्रम्पका वकिलहरू र अभियोजकहरू दुवैले म्याद थप एक हप्ता ढिलाइ गर्न अनुरोध गरेपछि न्यायधीसले स्वीकार गरेका बीबीसीले जनाएको छ ।

सन् २०१६ को चुनावअघि एक महिलासँगको शारीरिक सम्बन्धलाई लुकाउन ट्रम्पले व्यापारिक रेकर्डहरू हेरफेर गरेको जुरीले पत्ता लगाएपछि उहाँलाई गएको मे महिनामा ३४ वटा फौजदारी अभियोगमा दोषी ठहर गरिएको थियो ।

चुनावअघिदेखि नै  ट्रम्पका वकिलहरूले उच्च अदालतको निर्णयका आधारमा मुद्दा खारेज गर्न माग गरेका थिए तर अभियोजकहरूले अस्वीकार गर्दै आएका थिए । अब उहाँको मुद्दा खारेज भएमा ट्रम्पलाई कुनै सजाय हुनेछैन । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com