सर्केगाड गाँपालिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अपहरण
मंसिर २ काठमाण्डाै । हुम्लाकाे सर्केगाड गाँपालिकामा आफ्ना उम्मेदवारलाई अरू दलले अपहरण गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा निवेदन दिएको छ ।
हुम्लाको सर्केगाड गाउँपालिकामा आफ्नो उपाध्यक्ष पदका उम्मेदवार सुजाता थापालाई अपहरण गरेको दाबीसहित पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले निर्वाचन आयोगमा निवेदन दिएका हुन ।
उम्मेदवार मनोनयन दर्ताको तयारी गरिरहेका बेला हिजोदेखि अपहरणको शैलीमा अपरिचित ठाउँमा लगेर बन्धक बनाइएको रास्वपाको दाबी छ ।