रास्वपा को १८ स्थानमा मात्र उम्मेदवारी
मंसिर ३, काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिसस प्रमुख सहित १८ स्थानमा उमेद्वारी दिएको छैन ।
रास्वपाले कैलाली र ओखलढुंगाको जिसस प्रमुखसहित, मेयर, गाउँपालिका अध्यक्ष र वडाअध्यक्ष पद सबै गरी १८ स्थानमा उम्मेदवारी नदिएको हो ।
ओखलढुंगाको जिसस प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराईको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका छन् ।
यसैगरी कीर्तिपुर नगरपालिकाका मेयर पदमा र कीर्तिपुरकै वडानम्बर १ र ४ को अध्यक्षमा पनि रास्वपाले उम्मेदवारी दर्ता गराएको छैन । कीर्तिपुरको मेयर पदका लागि नगर सभापति जयराम कार्कीको नाम सिफारिस हुँदा पनि रास्वपाले उम्मेदवारी दिएन ।