दमननाथ ढुंगानाको निधनमा कांग्रेसले २ दिन पार्टीको झण्डा झुकाउने
मंसिर, ३ काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा २ दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । सानेपामा आकस्मिक रूपमा बसेको केन्द्रीय समितिको बेठकले ४ मंसिरमा केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको मुख्य सचिव कृष्ण पौडेलले बताए । साथै बैठकले १३ औँ दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।
पूर्वसभामुख ढुंगानाको ८३ वर्षको उमेरमा फ्रन्ट लाइन अस्पतालमा उपचारका हिजो निधन भएको थियो । ढुंगाना २०४८ को आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौं २ बाट विजयी भई २०४८ देखि २०५१ सम्म प्रतिनिधि सभाको सभामुख रहेका थिए ।
उनी २०५१ मा काठमाडौं २ र २०७४ मा भक्तपुर २ बाट नेपाली कांग्रेसको उम्मेदवार रहेका थिए । माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रिया ल्याउन सहजकर्ताको रूपमा समेत सक्रिय भूमिका निर्वाह गरेका थिए ।