म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत पेश गरिँदै
मंसिर, ५ काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धानका लागि म्याद थप गर्न आज अदालत लाने भएको छ । प्रसाईंलाई प्रहरीले हिजो भक्तपुरस्थित उनकै घरबाट साइबर क्राइम कसुरमा पक्राउ गरेको थियो ।
पक्राउ परेपछि प्रसाईंको मेडिकल परीक्षण गरिएको छ । उनीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । प्रसाईंमाथि साइबर क्राइम, कीर्ते र मानहानीलगायतको मुद्दा चलाउने सीआईबीको तयारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएपछि प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो ।