Yeti Khabar

२०८१ मंसिर २०, बिहीबार - Thu Dec, 2024 -

पशुपति परिसरमा बालाचतुर्दशी मेला

मंसिर, १४ काठमाण्डौ । शनीवार बालाचतुर्दशीका लागि पशुपतिलगायत शिव मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो बढ्न थालेको छ । दिवङ्गत पितृका नाममा महादीपदान गर्न दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । मङ्सिर कृष्णपक्षको त्रयोदशीको दिन बेलुका पशुपतिनाथमा दिवङ्गत पितृका नाममा महादीपदान गरिन्छ । आज रातभर जाग्राम बसेर भोलि बिहान दीप बाग्मतीमा सेलाएर पशुपति क्षेत्रका विभिन्न ठाउँमा शतबीज छरिन्छ ।

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज (धान, जौँ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्ने परम्परा छ । बालाचतुर्दशीमा शतबीज छर्ने अघिल्लो रात दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बस्छन् ।

जाग्राम बस्ने भक्तजनका लागि पाललगायतको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ । कोषका अनुसार आज दिउँसो २ बजेपछि मात्र भक्तजनलाई कैलाश क्षेत्रमा प्रवेश गर्न दिइनेछ ।

कैलाश क्षेत्रमा पसल राख्न प्रतिबन्ध लगाइएको छ । भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइने कोषका सदस्यसचिव मिलनकुमार थापाले बताउनुभयो ।

यस्तै पशुपति क्षेत्रमा मासु र जाँडरक्सीको बिक्री वितरणमा रोक लगाइएको छ । पशुपतिनाथको मेलाका लागि काठमाण्डौ महानगरपालिकाले निःशुल्क शौचालयको व्यववस्था गरेको बताएको छ । यस्तै मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल०लाई अनुरोध गरेको कोषले बताएको छ ।

मेलाका लागि सुरक्षा व्यवस्था, गाडी व्यवस्थापन, सरसफाइको व्यवस्थाका लागि पनि तयारी पूरा भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । मेलामा सूचना प्रवाह, स्वास्थ्य सेवा, पानी व्यवस्थापन, बिजुली व्यवस्थापन, मेला क्षेत्रमा राखिने पसलको व्यवस्थापन, स्वयंसेवक परिचालनलगायत तयारी पनि पूरा भएको कोषले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com