Yeti Khabar

२०८१ मंसिर २०, बिहीबार - Thu Dec, 2024 -

पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?

काठमाण्डौ – पालिकाका रिक्त विभिन्न ४१ पदका लागि अहिले मतदान भइरहेको छ । काठमाण्डौको कीर्तिपुर नगरपालिकाका मेयर, जाजरकोटको नलगाड नगरपालिकाका उपमेयर, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष तथा दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका र रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष पदका लागि मतदान भइरहेको हो ।

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ३, झापाको कन्काइ नगरपालिका वडा नम्बर ६, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नम्बर ८, सुनसरीको गढी गाउँपलिका वडा नम्बर ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नम्बर ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ र बेलका नगरपालिका वडा नम्बर ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २, रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ७, राजपुर नगरपालिका वडा नम्बर ६ र गढीमाई नगरपालिका वडा नम्बर ८ को वडाध्यक्ष पदका लागि पनि मतदान भइरहेको छ ।

यस्तै कीर्तिपुर नगरपालिका वडा नम्बर १ र ४, काठमाण्डौ महानगरपालिका वडा नम्बर १६, नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २, मकवानपुरको हेटौँडा नगरपालिका वडा नम्बर १२, गोरखाको गोरखा नगरपालिका वडा नम्बर ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ र कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष पदमा पनि उपचुनाव भइरहेको छ ।

दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३, कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४, जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५, रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका वडा नम्बर ५, बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ र कञ्चनपुरको भीमदत्र् नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष पदका लागि मतदान भइरहेको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका मेयर, उपमेयर र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपचुनावबाट पदपूर्ति हुने व्यवस्था छ । उज्यालो

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com