सर्केगाडमा ४० प्रतिशत मतदान
१६ मंसिर, हुम्ला । सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदका लागि शान्तिपूर्ण मतदान जारी छ । मुख्य निर्वाचन कार्यालयका अनुसार १२ : ४० बजेसम्म ४० प्रतिशत मत खसेको छ ।
१२ वटा मतदानस्थल, र १३ वटा मतदान केन्द्रमा ३ हजार ५९४ मत अर्थात ४० प्रतिशतभन्दा बढी मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले जानकारि दिनुभयो । उनका अनुसार मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ । यहाँ ६ हजार ८१० मतदाता रहेको मुख्य निर्वाचन अधिकृत बरालले बताए ।
सर्केगाडका देवल प्रावि, सरस्वती मावि, लालीगुँरास मावि, देवकोटा मावि, हिमज्योति मावि, भवानी मावी, धुमचुली मावि कल्लास, स्वयम्भू मावि, ईश्वर मावि, कोट मावि, अंशुवर्मा मावि र नीलकण्ठ सामुदायिक प्राविका मतदान केन्द्रमा भोट हाल्न मतदाता लाइनमै छन् । उपाध्यक्ष पदका लागि एक स्वतन्त्र सहित ६ जना प्रतिस्पर्धामा छन् ।