Yeti Khabar

२०८१ मंसिर २०, बिहीबार - Thu Dec, 2024 -

सिरियाको ठूलो शहर अलेपोबाट सरकारी सेना फिर्ता

सिरियाको ठूलो शहर अलेपोबाट सरकारी सेना फिर्ता भएको छ । बिद्रोही समूहले गएको बुधवारदेखि शुरु गरेको आक्रमणका क्रममा शहरका सबैजसो भाग कब्जा गरेपछि सरकारी सेना फिर्ता भएको बीबीसीले जनाएको छ । तर सेनाले समय अनुकुल बनाएर जवाफी आक्रमण गर्ने बताएको छ । अहिले अलेपोका सबै सरकारी निकाय तथा कार्यालयहरु बिद्रोहीको नियन्त्रणमा छन् ।

बिद्रोहीले गरेको आक्रमणको क्रममा २० जनाभन्दा धेरै सर्वसाधारणसहित तीन सय जनाभन्दा धेरै मारिएका बीबीसीले जनाएको छ । सन् २०१६ मा राष्ट्रपति बसर अल–असदको सेनाले परास्त गरेयता पहिलोपटक विद्रोहीहरू अलेपो पुगेका हुन् ।

सन् २०११ मा प्रजातन्त्र पक्षधर विरोध प्रदर्शनहरूमा सरकारले दमन गरेपछि शुरु भएको गृहयुद्धमा पाँच लाखभन्दा धेरै मानिसहरू मारिएका छन् । सन् २०२० मा टर्की र सिरियाको प्रमुख सहयोगी रुसले युद्धविराम गराएसँगै लडाइँ कम भएको थियो । तर अहिले रुससहित सिरियाका सहयोगीहरु आफैं युद्धमा रहेको मौकामा सिरियामा बिद्रोहीहरुको आक्रमण बढेको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com