प्रधानमन्त्री केपि शर्मा ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने
मंसिर, १९ काठमाण्डौ । चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा ‘नेपाल चीन सम्बन्धका विविध आयाम’बारेमा सम्बोधन गर्नुहुने भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेडले संयुक्त रूपमा आयोजनामा गर्ने नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले हिजो चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट, समकक्षी ली छ्याङ तथा चिनियाँ जनकङ्ग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो ।