Yeti Khabar

२०८१ मंसिर २०, बिहीबार - Thu Dec, 2024 -

कम्बोडियामा १३ जना गर्भवती फिलिपिनो महिलालाई जेल सजाय

कम्बोडियाको एक अदालतले १३ जना गर्भवती फिलिपिनो महिलालाई सरोगेट आमाका रूपमा काम गरेको आरोपमा चार वर्षको जेल सजाय सुनाएको छ ।

यी १३ महिला सेप्टेम्बरमा कन्दाल प्रान्तका प्रहरीले पक्राउ गरेका २४ विदेशी महिलामध्ये थिए । उनीहरूलाई सीमापार मानव बेचबिखनको प्रयास गरेको अभियोग पनि लगाइएको बीबीसीले जनाएको छ ।

अदालतले पैसाको सट्टामा कुनै तेस्रो व्यक्तिलाई बेच्न बच्चा जन्माउने कामलाई मानव बेचबिखनसँग जोडेको छ । अदालतदे बच्चाहरू र उनीहरुको भविष्यबारे कुनै प्रतिक्रिया दिएको छैन । गर्भवती नभएका अन्य सात जना फिलिपिनो र चार जना भियतनामी महिलालाई कम्बोडियाबाट निर्वासित गरिएको खबरमा उल्लेख छ ।

सन् २०१६ मा कम्बोडियाले व्यावसायिक सरोगेसीमाथि अचानक प्रतिबन्ध लगाएको थियो । तर चीनले एक–बच्चा नीति खुकुलो पारेपछि व्यावसायिक सरोगेसीको माग अझै उच्च भएर कम्बोडियाका एजेन्सीहरूले यो सेवा दिइरहेका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com