Yeti Khabar

२०८१ मंसिर २०, बिहीबार - Thu Dec, 2024 -

कर्णाली सभाका तीन संसदीय समिति नेतृत्वविहीन

मंसिर, १९ काठमाडौं । कर्णाली प्रदेश सभाका तीन वटा विषयगत समिति नेतृत्वविहीन भएको छ । प्रदेशका सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक समिति र सामाजिक विकास समिति नेतृत्वविहीन छन् ।

अर्थ समिति गएको वैशाखदेखि, विकास समिति साउनदेखि र लेखा समिति गएको असोजदेखि सभापतिविहीन भएका हुन् । अहिलेसम्म यी समितिका सभापति नहुँदा चार वटा विधेयकमा छलफल हुनसकेको छैन भने हुँदा सरकार पनि विशेषज्ञ सुझावबाट वञ्चित भएको छ ।

सरकारका काम कारबाही अनुगमन गर्ने र सार्वजनिक महत्त्वका विषयमा सरकारलाई जवाफदेही बनाउने समिति नै सभापतिविहीन भएपछि ती समिति गतिहीन बनेका छन् ।

कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले सभापतिको पद खाली हुँदा ज्येष्ठ सदस्यले समितिको काम गर्न मिल्ने भए पनि कर्णालीमा त्यो कार्यान्वयन नभएको बताउनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com