कर्णाली माथि काठमाडौंको जित
मंसिर, १९ काठमाडौं । काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जित दर्ता गराएको छ। आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौंले कर्णाली याक्सलाई तीन विकेटले पराजित गरेको हो।
कर्णालीले प्रस्तुत गरेको १५० रनको लक्ष्य काठमाडौंले १९ दशमलव ३ ओभरमा सात विकेट खर्चिँदै पूरा गर्यो। यसअघि शिखर धवनको अर्धशतकसँगै कर्णालीले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो।
यो पराजयसँगै कर्णालीले लगातार दोस्रो हार व्योहरेको छ। प्रतियोगितामा काठमाडौंको यो पहिलो जित हो। काठमाडौं यसअघि पहिलो खेलमा चितवन राइनोजसँग आठ विकेटले पराजित भएको थियो।