देशका विभिन्न पार्टी व्यक्तिहरूसँग धुर्वीकरण हुँदै गएको प्रचण्डको दाबी
मंसिर २२ काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक भएकाले सहमतिबाटै निष्कर्षमा पुर्याउने बताउनुभएको छ ।
नेकपा माओबादी केन्द्रको गोरखा काठमाण्डौ सम्पर्क समन्यनय समितिको दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै ऐतिहासिक गोरखामा जनताले आउने ८४ को निर्वाचनमा पहिलो पार्टी हुनुपर्ने कुरामा जोड दिनुभएको थियो।
जनयुद्धकालदेखि नै सपोर्ट सहयोग गरेको र अग्रणी भूमिका खेलेको गोर्खाले अब पनि त्यत्तिकै भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रचण्डले माओका तीन गर र तीन नगरको उदाहरण दिँदै आफ्ना पार्टी कार्यकर्तालाई अब सम्पूर्ण जनसमुदायसँग गएर शक्ति सन्तुलन गर्नुपर्ने बताएका थिए।
माओवादीको पक्षमा जनलहर आएको यही जनलहरलाई अब दिनप्रतिदिन पार्टी प्रवेश गर्ने र पार्टीसँग ध्रुवीकरण गर्नेहरूको पनि जमात बढेको प्रचण्डले दाबी गरे ।
त्यस्तै टुटफुट भएका माओवादी ध्रुवका सम्पूर्ण पार्टीहरूलाई एकता गर्नुपर्नेमा जोड दिनुभएको थियो। आगामी निर्वाचनमा पार्टी एकता गरेर र पार्टी एकता गर्दै शक्ति सञ्चय गरेर निर्वाचनमा जानुपर्ने र समाजवादको बाटो अंगाल्नुपर्ने प्रचण्डले दाबी गरेका थिए ।