Yeti Khabar

२०८१ चैत्र ४, सोमबार - Mon Mar, 2025 -

दक्षिण कोरियामा राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव विफल

दक्षिण कोरियाका राष्ट्रपति माथिको महाभियोग प्रस्ताव विफल भएको छ । महाभियोगको प्रस्ताव अनुमोदनका लागि दुई सय मत आवश्यक रहेकोमा विपक्षी दलका सबै एक सय ९२ र सत्तारूढ दलका ३ सांसदले मात्रै प्रस्तावको पक्षमा मतदान गरेका बीबीसीले जनाएको छ ।

न्याशनल एसेम्बलीका सभामुखले प्रस्ताव अघि बढाउन पर्याप्त सङ्ख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ्न नसक्ने घोषणा गर्नुभएको छ । यस अघि सत्तारुढ दलका अरु सांसदले पनि महाभियोगको प्रस्तावमा मतदान गर्ने बताएकामा राष्ट्रपतिले माफी मागेपछि बैठक छाडेका थिए ।

हिजो राष्ट्रपति यूनले मार्शल ‘ल’ लागू गरेकोमा माफी माग्दै पुन यस्तो कदम नचाल्ने वाचा गर्नुभएको थियो । मार्शल कानुन लगाएकोमा माफी मागेका राष्ट्रपति यून सुक यउललाई पदबाट हटाउन माग गर्दै दशौँ हजार संसद् भवनबाहिर जम्मा भएका थिए ।

महाभियोग प्रस्ताव पारित हुन आवश्यक सङ्ख्या नपुगे पनि यूनलाई हटाउने प्रयास जारी रहने उनीहरुले बताएका छन् । मङ्गलवार राति राष्ट्रपतिले घोषणा गरेको सैनिक शासन छ घण्टामै त्यहाँको संसद्ले उल्ट्याइदिएको थियो । त्यसपछि उहाँले महाभियोगको सामना गर्नुपरेको हो ।

मतदानमा प्रस्ताव विफल रहेपछि प्रतिक्रिया दिँदै दक्षिण कोरियाको प्रमुख विपक्षी दल डेमोक्रयाटिक पार्टीले राष्ट्रपतिलाई महाभियोग लगाउने प्रयास जारी राख्ने बताएको छ । तर राष्ट्रपति यूनको पीपल्स पावर पार्टीले यो सङ्कट समाधानका लागि महाभियोग भन्दा पनि सुव्यवस्थित र जिम्मेवार उपाय खोज्ने प्रतिक्रिया दिएको छ ।  एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com