मधेशमा हुस्सु र चिसोको कहर
मंसिर, २५ काठमाडौं । लगातार चिसो सिरेटो चलेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेशमा जाडो बढेको छ । मङ्सिरको अन्तिम हप्ता शुरू भएसँगै मौसम चिसिँदै गएपछि मधेशको जनजीवन कष्टकर बन्दै गएको छ ।
जाडोले बालबालिका, वृद्धवृद्धा, गर्भवती र सुत्केरी बढी प्रभावित बनेका छन् । खासगरी श्वासप्रश्वासका बिरामीलाई यो मौसमले बढी च्याप्ने हुँदा स्याहारमा ध्यान दिनुपर्ने बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।सुदीप ठाकुर बताउनु भयो ।
धमाधम खेतीपाती लगाउने बेला जाडो बढेपछि किसानले काम अघि बढाउन सकेका छैनन् । गहुँ छर्ने अन्तिम तयारी गर्नुपर्ने, उखु कटानको काम धमाधम गर्नुपर्ने , हिउँदेबाली लगाउन भ्याइनभ्याइ पर्ने बेला चिसोका कारण हातगोडा कठ्याङ्ग्रिएर घरबाट निस्कन नसकेको बर्दिबास–१३ का ठकाइ महतोले जानकारि दिनुभयोे । महोत्तरीसहितका मधेशमा हुस्सु र चिसोको कहर छ ।