एकीकृत समाजवादीको बैठक आजदेखि बस्दै
मंसिर, २६ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आजदेखि बस्दैछ। बैठक केन्द्रीय कार्यालयमा बिहान साढे ११ बजे शुरु हुनेछ।बैठकमा पार्टीको देशभर सांगठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ।
विहीवार सम्म बस्ने बैठकमा नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले बताएका छन् ।
गत असारमा १० राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको पार्टीले अहिलेसम्म नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसंगठन इन्चार्ज तोकेको छैन ।