Yeti Khabar

२०८१ मंसिर २७, बिहीबार - Thu Dec, 2024 -

आज अन्तर्राष्ट्रिय पर्वत दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

मंसिर, २६ काठमाण्डौ । आज अन्तर्राष्ट्रिय पर्वत दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा परेको असर न्यूनीकरण र पर्वतीय जीवनका बारेमा सचेतना जगाउने उद्देश्यले हरेक वर्ष डिसेम्बर ११ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

यो वर्ष दिगो भविष्यका लागि जलवायु अनुकूलन, नवप्रवर्द्धन र युवामा जोड दिइएको छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउने निर्णय गरेपछि सन् २००३ देखि पर्वत दिवस मनाउन थालिएको हो ।

दिवसको अवसरमा नेपाल पर्वतारोहण सङ्घलगायत अन्य सरोकारवाला संस्थाले कार्यक्रम गर्दैछन् । नेपाल पर्वतारोहण सङ्घले आफ्नो प्रमुख कार्यक्रमकै रूपमा पोखरामा नवौं पर्वतीय महोत्सव गरिरहेको छ । अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, रातोपैरो पोखरामा यही मङ्सिर २३ गतेदेखि भइरहेको महोत्सव भोलि सकिँदैछ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com