Yeti Khabar

२०८१ मंसिर २७, बिहीबार - Thu Dec, 2024 -

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा छापा

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीले छापा मारेको छ । आज बिहान दक्षिण कोरियाली प्रहरीले त्यहाँका राष्ट्रपति युन सुक येओलको कार्यालयमा छापा मारेको हो । यस्तै प्रहरी मुख्यालयमा पनि छापा मारिएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति युन सुक येओलले केही दिनअघि जारी गरेको ‘मार्शल ल’ पछि छानबिनका क्रममा प्रहरीले छापा मारेको हो । छापा मारिएको समयमा राष्ट्रपति युन आफ्नो कार्यालयमा नरहेको खबरमा उल्लेख छ ।

गएको  हप्ता राष्ट्रपति येओलले सैनिक शासन लागू गर्ने  ‘मार्शल ल’ जारी गर्नुभएको थियो । तर व्यापक विरोध भएपछि छोटो समयमै उहाँले त्यसलाई फिर्ता लिनुभएको थियो । यही प्रकरणमा सबै जिम्मेवारी आफैंले लिएको भन्दै रक्षमन्त्री किम योङ–ह्युनले राजीनामा दिनुभएको थियो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com