सिमकोटमा बालगृहको भवन निर्माण
मंसिर, २७ काठमाडौं । हुम्लाको सदरमुकाम सिमकोटमा बालगृहको भवन निर्माण भएको छ । जापान सरकारको एक करोड ३५ लाख रुपैयाँको अनुदान लागतमा बालगृह बनेको हो ।
नेपालमा रहेको जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तीकरण तथा विकास प्रयास ९रेडि हुम्ला० का प्रमुखलाई भवनको साँचो हस्तान्तरण गर्नुभएको हो । भवनमा ३० जना बालबालिकालाई आश्रय दिने क्षमता रहेको जापानी राजदूतावासले निकालेको विज्ञप्तिमा उल्लेख छ । छ ।