नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन हुँदै
मंसिर, २८ काठमाडौं । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन हुँदैछ। आज बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले बताएको छ ।
केन्द्रीय अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाको उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईँ, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिएका छन्।
यसैगरी, महिला उपाध्यक्षमा गङ्गा पौडेल र नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साह, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन्।