Yeti Khabar

२०८१ माघ २४, बिहीबार - Thu Feb, 2025 -

भारतको तमिलनाडुमा धेरै वर्षा,  विद्यालयहरू बन्द

sharethis sharing button

तमिलनाडु । भारतको तमिलनाडुमा धेरै वर्षाका कारण मदुरै र तिरुनेलवेलीलगायत धेरै जिल्लाहरूमा शुक्रबार विद्यालयहरू बन्द गरिएका छन्। पुडुचेरीमा पनि विद्यालयहरू बन्द रहनेछन्।

अङ्ग्रेजी पत्रिका द हिन्दूका अनुसार शुक्रबार मदुरै र मायेलादुतुराई बाहेक अन्य प्रभावित जिल्लाका शुक्रबार विद्यालयमा बिदा दिने घोषणा गरिएको हो । समाचार एजेन्सी एएनआईका अनुसार तिरुनेलवेलीमा भारी वर्षाका कारण धेरै ठाउँमा पानी जमेको छ ।

बुधबार रातिदेखि तमिलनाडुका धेरै क्षेत्रमा धेरै वर्षा भइरहेको छ । डिसेम्बर १३ सम्म यस्ता धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार भारी वर्षाको सम्भावनाका कारण चेन्नई, विल्लुपुरम, तंजावुर, माइलादुथुराई, पुडुक्कोट्टई, कुड्डालोर, डिंडीगुल, रामनाथपुरम, तिरुवरुर, रानीपेट र तिरुवल्लुरमा विद्यालयहरू बन्द रहनेछन्। भारतीय मौसम विज्ञान विभागका अनुसार, ‘बङ्गालको खाडीमा बनेको न्यून चापका कारण डिसेम्बर १३ सम्म तमिलनाडुमा भारी वर्षाको सम्भावना छ।’

यस अवधिमा, तमिलनाडु र पुडुचेरीका धेरै जिल्लाहरूमा भारी वर्षाको सम्भावना छ। विभागले माछा मार्न समुन्द्रमा नजान पनि निर्देशन दिएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com