आज दिउँसो देशका सबैजसो ठाउँको मौसम सफा रहने
मंसिर, ३० काठमाण्डौ । आज दिउँसो र राति देशका सबैजसो ठाउँको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । पूर्वी पहाडका एक–दुई ठाउँमा सामान्य बादल लागे पनि धेरैबेर नरहने महाशाखाको बुलेटिनमा उल्लेख छ ।
अहिले बिहान काठमाण्डौ उपत्यका र तराईका केही ठाउँमा तुवाँलो र हुस्सु लागेको छ । दिउँसोदेखि तुवाँलो र हुस्सु हट्नेछ । यसैबीच, काठमाण्डौ उपत्यकामा शनिबारको तुलनामा आज कम चिसो छ । शनिबार न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएकोमा आज बिहान चार दशमलव पाँच डिग्री सेल्सियस पुगेको छ ।