गढीमाई मेला आज सकिँदै

मंसिर, ३० काठमाडौं । बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा लागरिरहेको १ महिने गढीमाई मेला आज सकिँदैछ। मंसिर १ गते शुरु मेला आज समापन हुन लागेको छ।

५ वर्षको अन्तरालमा मंसिरमा लाग्ने पशुपक्षी बलिका लागि प्रसिद्ध गढीमाई मेलामा हजारौंको संख्यामा राँगा तथा बोकाको बलि दिइएको छ। मेलाअन्तरगत मंसिर २१ देखि २५ गतेसम्म अलग-अलग पशुपक्षीको बली दिइएको थियो । बलिको समयमा ५ दिनसम्म महागढीमाई नगरपालिकाले नगरभित्र सार्वजानिक बिदा समेत थियो।
मेलामा दर्शनार्थीको सहजताका लागि बिजुलीबत्ती, सीसी क्यामरा, शौचालय, पार्किङ, खानेपानी, घुम्ती एटिएम, मन्दिर वरिपरि वाईफाई, मेलास्थलको सबै नाकातिर पार्किङ, ट्राफिक व्यवस्थापन, निःशुल्क स्वास्थ्य जाँच शिविर, एम्बुलेन्स, वारुणयन्त्र तथा भोजनलगायतको ब्यवस्था गरिएको छ।