आज ललितपुर महानगरपालिकाले १०६ औँ स्थापना दिवस मनाउँदै
पुष, २ काठमाण्डौ । ललितपुर महानगरपालिकाले आज १०६ औँ स्थापना दिवस मनाउँदै छ । हरेक वर्ष पुस दुई गते महानगरले विभिन्न कार्यक्रम गरेर आफ्नो स्थापना दिवस मनाउने गरेको छ ।
दिवसको अवसर पारेर महानगरले हिजो एक वर्ष भित्र गरेका कामहरूलाई चित्रमा उतारेर ‘अदृश्य कामहरू दृश्यमा’ नाम दिएर हिजो सार्वजनिक गरेको छ । महानगरका मेयर चिरीबाबु महर्जनको नेतृत्वमा महानगर प्रहरी प्रमुख सीताराम हाछेथुको सक्रियतामा भएका कामहरूलाई सचित्र उतारेर सार्वजनिक गरिएको हो ।
कार्यक्रममा महानगर प्रहरीले ढल सरसफाइदेखि आगलागी नियन्त्रण, ढुङ्गेधारालगायत सांस्कृतिक र ललितपुरमहानगरपालिकाले आज १०६ औँ स्थापना दिवस मनाउँदै छ । पौराणिक महत्त्व बोकेका संरचनाको सरसफाइ एवम् संरक्षणमा गरेका कामहरूलाई चित्रमा उतारिएको थियो । महानगरभित्र असरल्ल परेका तारहरू हटाइएको र पाटी पौवाहरूमा पलाएको झार हटाएका कार्यहरुलाई समेत चित्रमा समावेश छन् ।