मोटरसाइकल दुर्घटना हुँदा बाजुराका स्वास्थ्य निरीक्षकको मृत्यु
पुष, १२ काठमाडौं । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा बाजुराका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । हिजो साँझ धनगढी उपमहानगरपालिका–३ स्थित ६ लेन सडकमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा बाजुराको बडीमालिका नगरपालिका–७ का ३० वर्षीय धर्मराज खत्रीको मृत्यु भएको छ ।
उनी मार्तडी स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहराका अनुसार दुर्घटनामा मोटरसाइकल चालक शिखर नगरपालिका-११ बस्ने २५ वर्षीया शर्मिला थापा घाइते भएकी छिन् । उनको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको र अवस्था मध्यम रहेको डीएसपी बोहराले जानकारि दिनुभयो ।
डीएसपी बोहराका अनुसार धनगढी उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय पुरन शाहले चलाएको मोटरसाइकल र शर्मिलाले चलाएको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।