क्रान्तिकारी पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना
पुष, १२ काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्वस्थ भएका छन् । एक्कासि दम बढेपछि वैद्यलाई महाराजगन्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको सो पार्टीका एक नेताले बताए ।
हिजो १३२ औँ माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’ प्रतिष्ठानमा पार्टीले राखेको कार्यक्रम सहभागी भएका थिए । कार्यक्रममै उनी अस्वस्थ भएपछि राति नै अस्पताल भर्ना गरिएको उनले बताए ।