आजदेखि मौसम सुधार
पुष, १४ काठमण्डौ । आजदेखि मौसम सुधार हुने भएको छ । शुक्रवार रातिदेखि बदली भएको मौसम आजदेखि सुधार हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो। उहाँका अनुसार शनिवार देशका सबैजसो ठाउँमा बदली भएकोमा पश्चिम नेपालका केही ठाउँमा पानी परेको छ ।
यस्तै धेरैजसो हिमाली भूभागमा हिमपात भएको छ । हुम्लासहित पश्चिम नेपालका हिमाली क्षेत्रमा बाक्लो हिउँ परेको छ । कालीकोट, डडेलधुरा लगायतका केही स्टेसनमा १० मिलिमिटरभन्दा बढी पानी परेको र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशमा भन्दा बढी पानी परेको मौसमविद् अधिकारीले जानकारि दिनुभयो ।