हेली एभरेस्टको हेलिकोप्टर साँगामा आकस्मिक अवतरण
पुस, १४ काठमाडौं । लुक्लाबाट ५ जना विदेशी यात्रु राखेर काठमाडौं आउदै गरेको हेली एभरेस्टको हेलिकोप्टरमा विपरीत दिशाबाट उडिरहेको चरासँग ठोक्किएपछि भक्तपुर र काभ्रेको सिमाना पर्ने साँगामा आकस्मिक अवतरण गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, उक्त हेलिकोप्टरमा ५ जना अमेरिकी नागरिक थिए । ११ बजे भएको घटनामा हेली एभरेस्टले यात्रुलाई त्यहीँ झारेर सडकमार्गबाट काठमाडौं ल्याएको छ । अल्फा किलो गल्फ कलसाइन भएको हेलिकोप्टरलाई प्राविधिकहरूले जाँच गरेर मात्रै काठमाडौं ल्याउने प्रवक्ता शेर्पाले बताए ।