Yeti Khabar

२०८१ चैत्र २७, बुधबार - Wed Apr, 2025 - १४ : २५ : १३

माओवादी केन्द्रकाे पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । स्थायी समिति, केन्द्रीय समिति बैठक तयारी सम्बन्धमा अनौपचारिक बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जनकारी दिए ।

ढकालका अनुसार बैठक दिउँसो ३ बजे अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बस्नेछ । काठमाडौँ उपत्यकामा उपलब्ध पदाधिकारीको बैठक बोलाइएको हो । समसामयिक राजनीतिक विषय, स्थायी समिति, केन्द्रीय समिति बैठकको तयारीका लागि बोलाइएको हो उनले भने । 

यसअघि मङ्सिर २८ गते बसेको स्थायी समिति बैठकले पुस १८देखि २० गतेसम्म स्थायी समिति र २१ गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com