Yeti Khabar

२०८१ माघ २३, बुधबार - Wed Feb, 2025 -

विश्वभर शरणार्थीको सङ्ख्या १२ करोड २० लाख नाघ्यो

संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्त (यूएनएचसीआर) का अनुसार सन् २०२४ मा विश्वभर शरणार्थीको सङ्ख्या १२ करोड २० लाख नाघेको छ ।

यूएनएचसीआरको जर्मन साझेदारको वार्षिक प्रतिवेदनले विश्वव्यापी शरणार्थी जनसङ्ख्या ११ करोड ७४ लाख भएको अनुमान  गरे पनि सङ्ख्यामा वृद्धि भएको पाइएको हो । मुख्यतया सुडानमा गृहयुद्धको कारण शरणार्थीको सङ्ख्या बढेको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२३ अप्रिलमा हिंसा बढेपछि एक करोड १८ लाख भन्दा धेरै मानिस सुडानबाट भाग्न बाध्य भएका छन् । प्रजातान्त्रिक गणतन्त्र कङ्गो तथा म्यानमारको अवस्थाले पनि शरणार्थी सङ्ख्या वृद्धिमा योगदान पुर्‍याएको छ । यस्तै गाजा र लेबनानमा द्वन्द्वको परिणामस्वरूप १७ लाख भन्दा बढी मानिसहरू जबरजस्ती रुपमा विस्थापित भएका छन् ।

जर्मनीमा यूएनएचसीआरका राष्ट्रिय निर्देशक पिटर रुहेनस्ट्रोथ–बाउरले शरणार्थीको तथ्याङ्कहरूलाई चिन्ताजनक रूपमा व्याख्या गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com