Yeti Khabar

२०८१ माघ २३, बुधबार - Wed Feb, 2025 -

गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउन आवश्यक छ: शेरबहादुर

१६ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्पूर्ण नेपालीबीच एकता र मेलमिलाप हुनुपर्ने बताएका छन् । सबै नेपालीबीच एकता र मेलमिलाप भएमात्र राष्ट्रिय उद्देश्य पूरा हुने उनको भनाइ छ ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आज बिहान सोह्रखुट्टेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘पूर्वका होउन् वा पश्चिमका होउन्, विभिन्न चाहनाहरु होलान्, ती सबैलाई समन्वय गरेर, एकताको सूत्रमा बाँधेर राष्ट्रिय एकतालाई संसारमा नै स्थापित गर्न सक्छौं ।’

कांग्रेस संस्थापक बीपी कोइरालाले २०१६ सालमा परिकल्पना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप अहिले पनि उत्तिकै सान्दर्भिक रहेको पनि उनले जानकारि दिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com