सहकारी ठगी प्रकरणमा रविको बयान सकियो
पुष, १४ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित जोडिएको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा न्यायाधीशसँगको बयान सकिएको छ । आज जिल्ला अदालत कास्कीमा रविसहित सात जनाको बयान सकिएको छ ।
रविसँगै पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ बयान लिइएको छ । उनीहरुसँगको बयान सकिएसँगै आज नै थुनछेक बहस हुने अदालतका स्रेस्तेदार राजन खनालले बताए । यो मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ ।