लिथुआनिया पठाउने भन्दै ठगी गर्ने एक जना पक्राउ
पुष, १९ काठमाण्डौ । वैदेशिक रोजगारमा लिथुआनिया पठाउने भन्दै ११ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरी विहीवार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काठमाण्डौ नागार्जुन नगरपालिका–८ का ३६ वर्षीय समय गौतम रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताउनुभयो ।
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी लिथुआनिया लैजाने भन्दै लामो समयसम्म झुक्याएर राखि विदेश नपठाई सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।