Yeti Khabar

२०८१ माघ २३, बुधबार - Wed Feb, 2025 -

चीनमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ जना पुग्यो, ६२ जना घाइते

चीनमा आज बिहान गएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ जना पुगेको छ । नेपाल –चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा गएको भूकम्पमा परी अरू ६२ जना घाइते भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । भूकम्पबाट केही घरहरूमा क्षति पुगेको खबरमा उल्लेख छ ।

राष्ट्रपति सी जिनपिङले भूकम्पपछि भत्किएका संरचनामा फसेका नागरिकको ज्यान जोगाउन र हताहत कम गर्न सबै प्रकारका उद्धार प्रयास गर्न सेना र उद्धारकर्मीलाई निर्देशन दिनुभएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले घाइतेको उपचारका लागि सक्दो प्रयास गर्न निर्देशन दिनुभएको हो ।

उहाँले सम्भावित प्रकोप रोक्न, प्रभावित बासिन्दाहरूलाई उचित रूपमा पुनर्स्थापना गर्न र उद्धारपछिको कामलाई प्रभावकारी रूपमा सञ्चालन गर्न पनि आग्रह गर्नुभएको छ ।

सिन्ह्वाका अनुसार आज बिहान नेपाल–चीन सीमाना तिब्बतको दिङ्गे काउन्टीमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com