Yeti Khabar

२०८१ फाल्गुन १२, सोमबार - Mon Feb, 2025 -

चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु

पुस, २४ काठमाडौं । चीनको तिब्बत क्षेत्रमा पर्ने सिजाङ प्रान्तको सिगात्सेमा हिजो गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ । ७ म्याग्निच्युडको भूकम्पले भौतिक संरचनाहरु भत्किएका छन् । भग्नावशेषमा कोही पुरिएको हुनुसक्ने अनुमानमा भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी छ ।

नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा गएको भूकम्पले नेपाल, भारत र बंगलादेशमा पनि धक्का महसुस भएको थियो । तिब्बतमा नेपालीहरु पनि छन् । तर नेपालीहरु हताहतीको सूचना नरहेको अधिकारीहरुले बताएका छन् ।

ल्हासास्थित महावाणिज्य दूतावासका अनुसार तिब्बतमा करिब ५ हजार जना नेपालीहरु छन् । भूकम्पको केन्द्रविन्दु दिङ्गी गाउँ र त्यस आसपासका क्षेत्रमा पनि करिब १ सय जना नेपाली व्यवसायीहरु छन् । तर उनीहरु सबै सुरक्षित रहेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले बताएको छ ।

नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले बीबीसी नेपालीसँग भनेका छन्– भूकम्प जानेबित्तिकै हाम्रा नेपाली समुदाय र यहाँका निकायहरूसँग सम्पर्क गर्‍यौं । उहाँहरू सुरक्षित हुनुहुन्छ । केही भएको छैन । नेपाली महावाणिज्य दूतावास रहेको ल्हासामा पनि केही असर नपरेको उनले बताएका छन् । भूकम्पका कारण सिगात्सेमा मात्रै एक हजार बढी घरहरु भत्किएका छन् । भूकम्प प्रभावित क्षेत्रमा बिजुली र पानी आपूर्ति प्रभावित भएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com