Yeti Khabar

२०८१ माघ २३, बुधबार - Wed Feb, 2025 -

प्रधानमन्त्री केपी शर्मा ओलीकाे आफू असाधारण मान्छे भएको दाबी

पुस, २५ काठमाडाैं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अ साधारण मान्छे भएको र इमान्दारीसाथ काम गरिरहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले आफ्नैबारेमा धारणा राखेका हुन् । राजनीतिक प्रतिस्पर्धी नेताहरूले आफ्नैबारेमा विभिन्न टिकाटिप्पणी गरे पनि आफू साधारण र इमानदार भएको ओलीको भनाइ छ ।

अब को केपी ओली भन्नेकुरा म बताउन्नँ । मैले थाहा पाएको भनेको एउटा साधारण मान्छे हो, इमान्दारीसाथ काम गर्छ ।एमाले र आफ्नाबारेमा राजनीतिक दलका नेताहरूले अनेक कुरा लगाए पनि राजनीतिमा आफू इमानदार रहेको ओलीको धारणा थियो ।

एमालेलाई मार्छौं, सिध्याउँछौँ भने, उधुम कराए, कोही भाला लिएका छन्, कोही के बोकेका छन् । त्यस्तो गरेर कराए । यो चुनावपछि एमाले टर्च लाइट बालेर खोज्दा भेटिँदैन भने ।

एमालेको अस्तित्व सकिदिने भनेर लागे पनि अहिले एमालेकै नेतृत्वमा सरकार सञ्चालन भइरहेको उनकाे जिकिर थियाे ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com