विपक्षी दलहरुको संयुक्त बैठक आह्वान
माघ, २ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ । बैठक अहिले बिहान ९ बजे सिंहदरबारमा बोलाइएको हाे ।
माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल हुने नेताहरुले बताएका छन् । वर्तमान सरकारले जनप्रिय काम नगरेको भन्दै विपक्षी दलहरु मिलेर अघि बढ्ने रणनीति बनाएर जाने मनाेसायमा प्रचण्ड देखिएका छन् ।
सिन्धुपाल्चोकको सुकुटेमा मङ्गलबारको पत्रकार भेटघाटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सरकार अप्राकृतिक गठबन्धनबाट बनेको र अलोकप्रिय काम गरेकाे जिकिर गरेका थिए । यो सरकार टिकिराखोस् भन्ने चाहना आफूहरुको नरहेको प्रचण्डले दाबि थियाे ।