Yeti Khabar

२०८१ माघ १०, बिहीबार - Thu Jan, 2025 -

अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा

माघ, ३ काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान थालिएको छ । दोलखा घर भएका ललित कुमार केसीविरुद्ध ज्यान मार्ने उद्योगमा म्याद लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।

काठमाडौँ जिल्ला अदालतले केसीमाथि अनुसन्धान गर्न प्रहरीलाई ७ दिनको म्याद दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अदालतमा बहस गरेकै कारण उनका कार्यकर्ताले वरिष्ठ अधिवक्तामाथि आक्रमण गरेका हुन् ।

आफूमाथि आक्रमण गर्नेलाई कारबाही गर्न त्रिपाठीले प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएका छन् । उनको जाहेरीको आधारमा ललितविरुद्ध म्याद थप भएको हो । प्रहरीले थप आक्रमणकारीहरूलाई खोजी रहेको छ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले मंगलबार र बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा बहस गरेका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com