Yeti Khabar

२०८१ माघ २३, बुधबार - Wed Feb, 2025 -

तराईका विभिन्न ठाउँमा आज पनि बाक्लो हुस्सु र कुहिरो

माघ, ४ काठमाण्डौ । तराईका विभिन्न ठाउँमा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ । बाग्मती र गण्डकी प्रदेशको तराईमा लागेको हुस्सु र कुहिरो दिउँसोसम्ममा क्रमिक रुपमा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

महाशाखाका अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशको तराईका धेरै ठाउँमा लागेको हुस्सु र कुहिरो मध्यान्नपछि मात्रै हट्दै जानेछ । केही दिनयता पूर्वी र मध्य तराईमा दिनभरजसो हुस्सु र कुहिरो लाग्ने गरेको छ । बाक्लो हुस्सु र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै आएको छ ।

आज अरु ठाउँको मौसम भने मुख्यतया सफा रहेको छ । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा मौसम आंशिक बदली भएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही ठाउँमा हिजो हल्का वर्षा र हिमपात भएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com