Yeti Khabar

२०८२ बैशाख ४, बिहीबार - Thu Apr, 2025 -

चीनमा एप्पलका स्मार्टफोन बिक्रीमा गिरावट, भीभो र हुवावेको बजार हिस्सा बढ्यो

चीनमा अघिल्लो वर्ष सन् २०२४ मा एप्पलले सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन ब्राण्डको हैसियत गुमाएको छ । एप्पलका लागि उत्कृष्ट बजार रहेको चीनमा गएको वर्षभन्दा यसको बिक्री केही घटेको नयाँ तथ्याङ्कले देखाएको हो ।

अमेरिकामा मुख्यालय रहेको विश्व प्रसिद्ध प्रविधि कम्पनी एप्पलले विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा बिक्रीको १५ प्रतिशत बजार हिस्सा लिएको छ । चीनको स्थानीय बजारमा एप्पललाई पछि पार्दै हुवावेले १६ प्रतिशत र भीभोले १७ प्रतिशत बजार हिस्सा ओगटेको तथ्याङ्कमा उल्लेख छ ।

चीनमा कुल स्मार्टफोन बिक्रीमा निकै तल रहेका चिनियाँ ब्राण्ड ओपो र अनरले पनि झण्डै १५ प्रतिशत बिक्रीको हिस्सा लिँदै एप्पललाई चुनौती दिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बजारमा गिरावटको सामना गरिरहेको एप्पलले चीनमा सन् २०२३ मा पाँच करोड १० लाख ८० हजार आइफोन बिक्री गरेकोमा यो सङ्ख्या सन् २०२४ मा चार करोड २० लाख ९० हजारमा सीमित भएको छ ।

स्थानीय उत्पादनहरु शीर्ष स्थानमा रहेको भीभोले कम्पनीको रणनीतिले आफ्नो स्थान बलियो बनाउँदै गएको र हुवावेले घरेलु बजारमा पुनरुत्थान गरेको अध्ययनमा उल्लेख छ । हुवावेले गएको वर्ष कुल स्मार्टफोनको निर्यातमा ३७ प्रतिशतले वृद्धि गरेको छ ।

एप्पलको आईफोन चीनमा अझै पनि लोकप्रिय छ, तर विशाल बजारका कारण धेरै उपभोक्ताहरू घरेलु विकल्पमा आकर्षित भइरहदा बजारको क्षेत्र र प्रतिस्पर्धा तीव्र भएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com