Yeti Khabar

२०८१ चैत्र १, शुक्रबार - Fri Mar, 2025 -

६ विपक्षी दलको बैठक आज पनि बस्दै

माघ, ४ काठमाडौं । विपक्षी दलको बैठक आज पनि बस्दैछ। आज दिउँसो २ बजे संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दल नेताको कार्यालयमा बैठक बस्ने र दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना हुने प्रचण्डको सचिवालयले बताएको छ।

संसद्को हिउँदे अधिवेशन बोलाउनु साटो सरकार अध्यादेशमार्फत् गम्भीर प्रकृतिका कानुन जारी गर्न अघि बढेको भन्दै ती दलहरुले विरोध गरेका छन्।

बुधबार संयुक्त बैठक गर्दै दलहरुले संविधानको मर्म भावनामा प्रहार गर्ने काम भइरहेको निर्णय गरेका थिए। बैठक बसेपछि संयुक्त वक्तव्य सार्वजनिक गर्ने तयारी विपक्षी दलको तयारी छ।

विपक्षी दलको संयुक्त वक्तव्य बनाउन नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुषालले जिम्मेवारी पाएका छन्।

माओवादी केन्द्रको पहलमा बुधबार बिहान बसेको विपक्ष दलको बैठकले संसद बैठक बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेको थियो। सरकारले संसद बैठक बोलाउन आनाकानी गरेर विशेष अधिवेशनको माग गर्ने बारेमा छलफल भएको बैठकमा सहभागी नेताहरुले बताएका छन्।

सरकार संसद छलेर अध्यादेशबाट देश चलाउने तरिकाले अघि बढेको उनीहरुको ठहर छ। गत बुधबारको बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत सहभागी थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com