Yeti Khabar

२०८१ माघ २३, बुधबार - Wed Feb, 2025 -

मोहन वैद्यको स्वास्थ्यमा सुधार

माघ, ५ काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यलाई आईसीयूबाट वार्डमा सारिएको छ । स्वास्थ्य सुधारोन्मुख भएपछि उनलाई आज वार्डमा सारिएको हो । उनी १ महिनाभन्दा बढी समयदेखि अस्पतालमा उपचाररत छन् ।

सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आईसीयूबाट उनलाई वार्डमा सारिएको छ । त्यसअघि उनलाई अस्पतालको एनेक्स टु क्याबिनमा राखिएको थियो । पारिवारिक स्रोतका अनुसार वैद्यलाई चिकित्सको सल्लाह अनुसार केही दिनमा डिस्चार्ज गर्ने तयारी छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com