घट्यो सुनको मूल्य
माघ, ३ काठमाडौं । आज साताको पहिलो दिन आज स्थानीय बजारमा सुनको मूल्य घटेको छ। शुक्रबारको तुलनामा सुन प्रतितोला आठ सय रुपैयाँ घटेर एक लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदी पनि ३० रुपैयाँ घटेर प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।