कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण
माघ, ६ काठमण्डौ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापामाथि आक्रमण भएको छ । शनिवार दिउँसो शिवसताक्षीको दोमुखा पर्यटकीयस्थलमा भएको नेपाल प्रेस युनियन झापाको साधारणसभामा सहभागी भएर निवास फर्कंदै गर्दा उहाँमाथि पूर्वपश्चिम राजमार्गको सुरुङ्गा खण्डमा आक्रमण भएको हो ।
थापामाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेर छ । उनीहरु नेपाल विद्युत प्राधिकरणको कर्मचारी भएको प्रहरीले बताएको छ । आफू चढेको गाडीलाई अवरोध गरी अचानक आक्रमण गरिएको थापाले जानकारि दिनुभयो ।