वामदेव गौतम नेकपा एमाले फर्किने
काठमाडौँ । वामदेव गौतम नेकपा एमाले फर्किने भएका छन् । केही दिनयता नेकपा एकीकृत समाजवादीमा समाहित हुने तयारी गरेका गौतमले एकीकृत समाजवादीसँगको एकता प्रक्रियाको च्याप्टर क्लोज भएसँगै अन्ततः एमालेमा फर्कने तयारी गरेका हुन् । गौतम नेतृत्वको नेकपा एकता अभियानका महासचिव डीवी कार्कीले सिंगो अभियान एमालेमा समाहित हुने पुष्टि गरे ।
कुराकानी पहिला पनि भइरहेको थियो । आज दुई अध्यक्ष केपी ओली र वामदेव गौतम बिच टेलिफोन सम्पर्कमार्फत कुराकानी गरेर एमालेसँग एकीकरण गर्ने कुराको टुंगो लागेकाे कुरा उल्लेख गरीएकाे छ । साथै एकदुई दिनभित्रै औपचारिक रूपमा एकता हुन्छ ।
नेता गौतमले एकीकृत समाजवादीसँग गर्ने भनेको एकता प्रक्रियाको च्याप्टर क्लोज भएपछि एमालेसँग एकता गर्न लागेको बताए उता एकीकृत समाजवादीसँग च्याप्टर क्लोज भयो । त्यसपछि एमालेसँग एकता गर्न लागेको हो गौतमले भने ।
गौतम निकट कार्कीले दुई नेताबिचको कुराकानीमा एमालेको नीति सिद्धान्त र विचार मानेर अघि बढ्ने सहमति भएको बताए । गौतमले एमालेमा वरिष्ठ नेता वा संरक्षकमध्ये एक पद पाउने पनि कार्कीको भनाइ छ ।