आज घट्यो सुनको मूल्य
माघ, ७ काठमाडौं । आज सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँ तय गरेकोमा आज १ लाख ५७ हजारमा कारोबार भएको महासंघले बताएको छ ।
चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ । हिजो प्रतितोला १८९० रुपैयाँ रहेको चाँदी यस दिन १८६० रुपैयाँमा झरेको हो ।